नमस्कार म बिराज पहरी हो । म श्री पथ प्रदर्शक मा .वि .पढ्ने कक्षा १० को विद्यार्थी हुँ । म ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा .नं. ४ बडिखेलमा बस्छु । मेरो आजको विषय नाङ्लोमा कुरा गर्दै छु । नाङ्लो हाम्रो परम्परागत कला र सिप हो । पहरी भाषामा नाङ्लोलाई हाँसा भनिन्छ । नाङ्लोमा मकै निखन्न पनि सकिन्छ । अन्न पनि केलाउन सकिन्छ । र तिहारमा पूजामा पनि प्रयोग हुन्छ । नाङ्लो बेचेर घर बार चलाउन सकिन्छ । र नाङ्लो रोजगारी पनि हो । नाङ्लो अहिले पनि देश बाहिर बेचेर पैसा कमाउन सकिन्छ । नाङ्लो हाम्रो पहरीको सीप हो । नाङ्लो हाम्रो गाउँ घरमा बन्ने एउटा स्रोत हो । सानो नाङ्लोको रु १८० लिइन्छ ।
अब म सामाजिक विषयमा जोड्दै छु ।
हाम्रो पहरी भाषामा नाङ्लोलाई हाँसा भनिन्छ । यो अन्न केलाउन तथा सुकाउन काममा प्रयोग हुन्छ । नाङ्लो बुन्ने हाम्रो गाउँ घरको एउटा पुरानो पेसा हो । नाङ्लो हाम्रो एउटा पहरी जातको काम र कला हो र नाङ्लो बेचेर मानिसले पैसा कमाउदछन ।
अब म नेपाली विषयमा जोड्दै छु । नाङ्लोको परिचयात्मक अनुच्छेद लेख्न गइरहेको छु ।
नाङ्लो हाम्रो परम्परा देखी चलन चल्तीको कला हो । नाङ्लोको काम अन्न केलाउनु प्रयोग हुन्छ । नाङ्लो बेचेर पैसा कमाउन सकिन्छ । नाङ्लोको काम एक प्रकारको रोजगारी जस्तै हो । नाङ्लो देश बाहिर पनि बेचेर पैसा कमाउन सकिन्छ । हाम्रो भाषा (पहरी भाषा) मा नाङ्लोलाई हाँसा भनिन्छ । सानो नाङ्लोको रु १८० हो भने ठुलो नाङ्लोको रु २५० लिइन्छ ।
Now I am connecting it with English subject. According to teacher and his guidance, I am writing an introductory paragraph of it;
'Nanglo' [Bamboo tray] is local handcrafted round wooden. Nanglo is one of the essential item in Nepal but also represents unique values. Since our ancestor nanglo has been used to separated dust cover of beans, paddy from the rice letin dried beans etc. It is also used as a tray to dry green vegetables fruits and other foods in the sun.
अब म विज्ञान विषय सँग जोड्दै छु
नाङ्लो बाँसबाट बनेको एक सामाग्री हो । बाँस एक स्थानीय प्राकृतिक स्रोत हो । बाँस बलियो हुनुका साथै मजबुत पनि हुन्छ । यसको चोयालाई बङ्गाएर नाङ्लोको आकार दिन सजिलो हुन्छ । बाँस हलुको भएता पनि दरिलो हुनाले यसले भारी चिज बीज राखेर दैनिक काम गर्न सहज हुन्छ । नाङ्लो concave आकारको हुन्छ । जस कारण यसमा सामाग्री राख्न सहज हुनुका साथै प्रयोगमा पनि सजिलो पुर्याउँछ ।
अब म गणित विषय भाषा सँग जोड्दै छु
नाङ्लो गोलाकारको हुन्छ । नाङ्लो बाँसबाट बनाइन्छ । एउटाको मूल्य रु. ५०० लिइन्छ । सानो नाङ्लोको रु.१५० देखि रु.१८० पर्छ भने ठुलो नाङ्लोको रु २५० देखि रु.३०० सम्म पर्दछ ।
Diameter=7
Radius=d/2 =7/(2 ) =3.5
Area=πr^2
=3.14x〖3.5〗^2
== 38.5
Cicumference =2πr
=2x3.14x3.5
=21.98
यसरी मैले सबै विषयसँग नाङ्लोलाई जोडेर लेखे । धेरै कुरा थाहा पाए । रमाइलो लाग्यो ।