ललितपुर जिल्लाको सदरमुकाम लगनखेलबाट करिब १३ कि.मि.दक्षिण तर्फ गोदावरी — ४, बडिखेलमा यस विद्यालय अवस्थित छ । यो विद्यालय वडा नं. ४ का मानिसहरुको लागि पाएक पर्ने बिच स्थानमा रहेको छ । यस विद्यालयको पूर्वमा तिर फर्केर हेर्दा हिमाली शृङ्खलासँगै मनमोहक दृष्य देख्न सकिन्छ भने नजिकमा शन्तानेश्वर मन्दिर छ । वि.स. २०२० साल असोज १५ गतेका दिन १ कोठाको कच्चि छ्वालीले छाएको कटेरो जस्तो संरचनाबाट स्थापना भई विं स. २०४० सालमा प्रा. वि. स्वीकृती पाई सञ्चालन हुंदै वि. स.२०५४/५५ मा नि. मा. वि. अनुमति र वि. स. २०६८/६९ मा मा.बि. अनुमति लिएर हाल आफ्नै पक्की भवनसहित ई.सि.डी. देखि कक्षा १० सम्म कक्षाहरु सञ्चालन हुदै आइरहेको छ ।
श्री पथ प्रदर्शक माध्यमिक विद्यालय
बडिखेल, गाेदावरी नगरपालिका-४, ललितपुर, बागमती प्रदेश
फोन नं.: ९८५११५०२०३