नमस्कार मेरो नाम उज्जवल पहरी हो । म ५ कक्षा पढ्छु ।मेरो विद्यलयको नाम श्री पथ प्रदर्शक माध्यमिक विद्यालय हो । म ५ कक्षामा पढ्छु । म आज बाँसको कपको बारेमा लेख्न गइरहेको छु ।
बाँसको कप हामीले विभिन्न तरीकालो प्रयोग गर्न सक्न्छि । जस्तै पेन हाल्न, कलम,राख्न आदिको लागि प्रयोग गर्न सकिन्छ यो सजिलै बनाउन सकिन्छ । यो बाँसको फेदमा काटि भनेको हुन्छ । यो हेर्दा एक कप जस्तै देखेको भएर बासँको कप भनिएको हो । यो बासँको कपमा रङ लगाइएको छ जसले गर्दा यो राम्रो देखिएको छ । यो बासँको कप हामीले सजिलै बेच्न सक्छौ । बाँसको प्रयोगले धेरै कुरा गर्न सकिन्छ । यसलाई अंग्रेजीमा Bamboo holder भनिन्छ ।यो परियोजनाबाट हामीले धेरै कुरा सिक्न पायौं । यो बासँको कप मेरो घर मेरो बुवाले पनि बनाउनुहुुन्छ । मेरो यो सामाग्री हाम्रो विद्यालयमा बन्न गैरहेको सङग्रालयमा राख्न लिएर आएको छु ।