नमस्कार मेरो नाम रश्मि पहरी हो । म गोदावरी नगरपालिका ४ बडिखेल ललितपुरमा रहेको श्री पथ प्रदर्शक माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने विद्यार्थी हु ।
अब सामाजिक विषयमा अध्ययन अन्तर्गत सम्बन्धित परियोजना कार्य गर्दै छु ।
कुनै पनि व्यक्ति, वस्तुको प्रतिरूप मूर्ति हो । ऐतिहासिक , धार्मिक , सांस्कृतिक , महत्वका क्षेत्र , कला , संस्कृति आदि सम्पदा भित्र पर्दछ । प्राचीन कालमा कलाकार अरनिकोले चीनमा गई विभिन्न किसिमका मूर्तिहरू बनाएर नेपालको पहिचान विश्व भरि फैलाएका थिए । मूर्ति , ढुङ्गा माटो ,धातुहरूबाट बनेको पाइन्छ । नेपालको सबै भन्दा पुरानो मूर्ति पशुपतिको आर्य घाटको नजिकै रहेको छ । यो विरुपाक्षको मूर्ति हो । प्राचीन राजा मानदेवको मूर्ति चाँगुनारायण मन्दिर मा राखिएको छ । यो मूर्ति हेर्न पर्यटकहरूको घुइँचो लाग्दछ छ । त्यसैले हामीले पुरानो मूर्तिहरूको संरक्षण र संवर्धन गर्नु पर्दछ । नयाँ सन्ततीहरुलाई हस्तान्तरण गर्नुपर्दछ । अमूर्त वस्तुलाई मूर्त रूपमा देखाउन साधन मूर्ति हो । मूर्तिलाई धर्म विश्वास र आस्थासँग जोडेर निर्माण र पूजा गने प्रचलन रहिआएको छ । यति भन्दै सामाजिक विषय टुङ्ग्याउँदै छु ।
अब म विज्ञान विषय तर्फ लाग्दै छु । मेरो एक जना प्यारो साथी छ । तर मेरो साथी म जस्तो बोल्न, सास फेर्न तथा हिँडडुल गर्न सक्दैन किन भने ऊ एक निर्जीव वस्तु हो । तर मलाई धेरै प्यारो लाग्छ । मेरो साथीको नाम मूर्ति हो । मेरो साथीलाई मेरो दाइले ढुङ्गाको प्रयोग गरि बनाउनुभएको हो । मेरो घर वरपर धेरै किसिमको ढुङ्गाहरू पाइन्छ । जस्तै चुनढुङ्गा ,स्यान्ड स्टोन , सेल, सङ्गुटिक आदि तर मेरो साथीलाई भने रूपान्तरित चट्टानबाट बनेको हो किनभने मेरो साथी घाम पानीमा दिन रात नभनी बाहिर बस्नु पर्छ । साथै यो ढुङ्गा मेरो घर नजिक पाइएकोले मेरो दाइले मेरो लागि भनेर यो मूर्ति बनाइदिनुभयो । मेरो साथीलाई म मात्र होइन मेरो परिवार तथा छिमेकीहरूले पनि धेरै माया गर्नुहुन्छ ।किनकि मेरो साथीले वातावरणमा कुनै हानी पुराउँदैन । यती भन्दै म विज्ञान विषय टुङ्ग्याउँदै छु ।
अब म नेपाली विषय तर्फ लाग्दै छु ।
कुनै पनि व्यक्ति, वस्तुको प्रतिरूप नै मूर्ति हो । मूर्ति ऐतिहासिक धार्मिक, सांस्कृतिक , प्राकृतिक यसका महत्वका क्षेत्र, कला, संस्कृति आदि सम्पदा हुन् । अमूर्त वस्तुलाई मूर्त रूपमा देखाउने साधन मूर्ति हो । मूर्तिलाई धर्म, विश्वास र आस्थासँग जोडेर निर्माण र पूजा गर्ने प्रचलन सहित आएको छ । अब म यति भन्दै नेपाली विषय टुङ्ग्याउँदै छु ।
अब म अङ्ग्रेजी विषय तर्फ लाग्दै छु । Murti is called statue in English. It is traditional name which is made of stone metal, iron, copper and wood . It is used by hindu people and there is a daily rituals connecting with spiritual . We have a statue at home and in the temple. Since Nepal is full of temples. We have different statue in different shape in size . It reflects the typical Nepali culture and practices.
यसरी मैले सङ्कलन गरेर ल्याएको मूर्तिको बारेमा परियोजना कार्य गरे । धेरै कुरा थाहा पाए । धन्यवाद ।